चीनमा बनेको यात्रुवाहक जेट विमानको पहिलो व्यावसायिक उडान सफल

 जेठ १४, २०८० आइतबार १९:६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

चीनमा निर्मित यात्रुवाहक जेट विमानले पहिलो व्यावसायिक उडान सफलतापूर्वक सम्पन्न गरेको छ । एक सय ६४ सिट क्षमता भएको विमान सी–९१९ आज आइतवार शाङ्घाईबाट बेइजिङ गएको बीबीसीले जनाएको छ । एक सय ३० जनाभन्दा धेरै यात्रु बोकेको विमान शाङ्घाईबाट तीन घण्टाभन्दा कम समयमै बेइजिङ पुगेको छ ।

कमर्सियल एभिएशन कर्पोरेशन अफ चाइना (कोम्याक) ले निर्माण गरेको यो विमानले पहिलो परीक्षण उडान सन् २०१७ मै गरेको थियो । त्यसपछि कैयौँ परीक्षण उडानपछि आज पहिलो व्यावसायिक उडान भएको हो ।

सी–९१९ ले फ्रान्सको एअरबस र अमेरिकाको बोइङका जेटहरूको प्रभुत्व तोड्ने चीनको अपेक्षा छ । तर विमान निर्माणमा अझै पनि इन्जिनसहित थुप्रै उपकरणमा पश्चिमी उत्पादनमा निर्भर छ ।

चीनको सरकारी विमान कम्पनी इस्टर्न एअरलाइन्सले पाँच वटा विमान अर्डर गरिसकेको कोम्याकले जनाएको छ । कोम्याकले आउँदो पाँच वर्षमा एक सय ५० वटा विमान उत्पादन गर्ने लक्ष्य लिएको छ । कम्पनीले एक हजार दुई सयभन्दा धरै विमानका लागि अर्डर सुरक्षित गरिसकेको दाबी गरेको बीबीसीले जानएको छ । तर सबैजसो माग घरेलु एअरलाइन्सहरूको मात्रै रहेको छ । चीनका राष्ट्रपती सी जिनपिङले यो उपलब्धि सबैभन्दा नयाँ र महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • हरिबहादुर खड्का क्षेत्री

    May 28, 2023, 8:33 p.m.

    ल शुभकामना छ । कम्पनिलाई र खासमा चाइना सरकारलाई । साथै विश्वले कसरी बिश्वास गर्ने भन्ने तर्फ बिचार गरी खासमा एशियाका इमर्जिङ्ग देशको बिश्वास जितेर ब्यापार कब्जा गर्नु पर्छ । साथै नेपाललाई चाहि बदलामा साटी दिनुस ल ।।।।

  •  0 Reply

तपाईको प्रतिक्रिया