टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस

 जेठ १५, २०८० सोमबार ११:२८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज १६औँ गणतन्त्र दिवस। सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका बीच मनाइएको छ । नेपाली नागरिकको लामो बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइँदै आएकाे छ । 

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

वि.सं. २०६२/६३ को ऐतिहासिक जनआन्दोलनका माध्यमबाट देशमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको हो ।

तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी) बीच भएको सहमतिअनुसार २०६४ चैत २८ गते ऐतिहासिक संविधानसभाको चुनाव भयो । २०६५ जेठ १५ गते संविधानसभाको प्रथम बैठकले दुई सय ४० वर्षदेखि कायम रहेको शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो ।

कार्यक्रममा सैनिक मञ्च टुँडिखेलमा विभिन्न झाँकी प्रस्तुत गरिएको थियो । समारोहमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको टुकडीले सलामी दिएकाे थियो ।

तस्बिर : रासस

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया