दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक जना महिलाको ज्यान गयो,...
असोज ६, २०८० शनिबार
काठमाण्डाै – सरकारले सामाजिक सुरक्षा भत्ता कार्यक्रमका लागि एक खर्ब ५७ अर्ब ७३ करोड रुपैयाँ रकम छुट्याएको छ । यो चालु वर्षको भन्दा २३ अर्ब रुपैयाँले बढी हो ।
६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई प्रदान गरिँदै आएको मासिक चार हजार रुपैयाँ भत्तालाई निरन्तरता दिइएको छ । ६० वर्ष पूरा भएका दलित, एकल महिला, विपन्न, सीमान्तकृत वर्ग र समुदाय तथा बालबालिकालाई दिइँदै आएको सामाजिक सुरक्षा भत्ताका लागि रकम विनियोजन गरिएको छ ।
सरकारले छात्रवृत्ति, स्वास्थ्योपचार, स्वास्थ्य बिमालगायतका क्षेत्रमा प्रदान गरिएको सामाजिक सुरक्षाका कार्यक्रमलाई पनि निरन्तरता दिएको छ ।
चालु आवमा सामाजिक सुरक्षा र औषधि उपचार तथा आर्थिक सहायताका लागि एक खर्ब ३४ अर्ब एक करोड रुपैयाँ विनियोजन गरिएको थियो । याे रकम पनि अपुग भएपछि सरकारले सेवा निवृत्त कर्मचारीको पेन्सन दिन अतिरिक्त स्रोत खोज्नुपरेको थियो ।