आर्मीलाई हराउँदै जावलाखेल 'ए' डिभिजन लिगकाे दाेस्राे स्थानमा उक्लियाे

 जेठ १६, २०८० मंगलबार १७:१६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएको छ । 

मङ्गलवार दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेलले आर्मीलाई २–० गोलले हरायो । जावलाखेलको जितमा दुवै गोल एनकोटो मासोबीले गरे । 

याे जितसँगै जावलाखेल युथ क्लब अङ्क तालिकाकाे दाेस्राे स्थानमा उक्लिएकाे छ । जावलाखेलकाे २३ खेलमा ३७ अङ्क छ । आर्मी उति नै खेलमा ३० अङ्कका साथ पाँचौँ स्थानमा छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया