प्रधानमन्त्री ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सि बीच भेटवार्ता (तस्...
असोज ६, २०८० शनिबार
काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाइटेडले सशस्त्र प्रहरीकाे एफीएफ क्लबलाई हराएकाे छ ।
आज मङ्गलवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएको खेलमा चर्च ब्वाइजले एपीएफलाई ४–१ गोलले हरायो । चर्च ब्वाइजको जितमा कप्तान अनन्त तामाङले दुई तथा मौसम सुब्बा र आशिष चौधरीले १/१ गोल गरे ।
चर्च ब्वाइज अङ्क तालिकाकाे शीर्ष स्थानमा कायमै छ । याे जितसँगै चर्च ब्वाइजकाे २३ खेलमा ४१ अङ्क भएकाे छ । एपीएफ उति नै खेलमा २९ अङ्कसहित छैटाैँ स्थानमा छ ।