करिम बेन्जेमाले रियल मड्रिड छाड्ने

 जेठ २१, २०८० आइतबार १६:२३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जेमाले क्लब छाड्ने भएका छन् । बेन्जेमाले सिजनकाे अन्त्यमा क्लब छाड्ने रियल मड्रिडले पुष्टि गरेकाे गाेल डटकमले जनाएकाे छ । सिजनकाे अन्त्यमा उनकाे क्लबसँगकाे सम्झाैता पनि सकिनेछ । 

बेन्जेमालाई साउदी अरेबियाबाट प्रस्ताव आएकाे दाबी गरिएकाे छ । यस हप्ताकाे सुरुमा बेन्जिमाले अल इतिहाद जाने याेजना बनाएका बताइएकाे थियाे । उनलाई अल इतिहादबाट दुई वर्षका लागि ४३९ मिलियन डलरकाे प्रस्ताव आएकाे बताइएकाे थियाे । 

बेन्जेमाकाे बिदाइ समाराेहमा मङ्गलवार विशेष कार्यक्रम राखिएकाे क्लबले जनाएकाे छ । त्यस कार्यक्रममा क्लबका अध्यक्ष फ्लाेरेन्टिनाे पेरेज पनि उपस्थित हुने बताइएकाे छ ।

बेन्जेमाले सन् २००९ मा रियल मड्रिडमा आबद्ध भएका थियाे । उनी रियलबाट सर्वाधिक गाेल गर्ने खेलाडीकाे दाेस्राे नम्बरमा छन् । उनले तीन सय ५३ गाेल गरेका छन् । रियलबाट सर्वाधिक गाेलकर्ता क्रिन्टियानाे राेनाल्डाेले चार सय ५० गाेल गरेका छन् । बेन्जेमाले ला लिगा चार पटक, च्याम्पियन्स पाँच पटक र सन् २०२२ मा बालेन जिओर जितेका छन् ।

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया