पाकिस्तान र अफगानिस्तान खाद्य अभावका ‘हटस्पट’ बन्न सक्ने चेतावनी

 जेठ २२, २०८० सोमबार ६:१२:३४ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

आर्थिक एवं राजनीतिक सङ्कट गहिरिँदै जाँदा दक्षिण एसियाली देश पाकिस्तान र अफगानिस्तानमा खाद्य अभावको सङ्कट बढ्ने संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय निकाय खाद्य तथा कृषि सङ्गठन (एफएओ) र विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले अफगानिस्तान र पाकिस्तानमा विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिम बढेको जनाएको हो । दुई देशमा खाद्य असुरक्षा बढिरहेको र आउँदाे दिनमा यो  अझ चर्किने सम्भावना रहेको चेतावनी दिइएको छ ।

खाद्य सुरक्षासम्बन्धी एफएओ र डब्ल्यूएफपीले संयुक्त रूपमा प्रकाशित गरेका पछिल्लो प्रतिवेदनमा पाकिस्तान र अफगानिस्तानमा खाद्यान्नको सञ्चिति घट्दै गएको, दुई दशक लामो द्वन्द्वले अस्तव्यस्त भएको राजनीतिक प्रणाली, तालिबान सत्तामा आएपछिको अवस्था, विषम भूगोल एवम् जलवायु परिवर्तन लगायतका कारण खाद्य सङ्कट बढ्ने भनिएको छ ।

यस्तै, पाकिस्तानमा  अघिल्लो वर्षको बाढीबाट कृषि क्षेत्रमा भएको व्यापक क्षति र राजनीतिक एवं आर्थिक सङ्कटले खाद्य असुरक्षा बढाएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै, प्रतिवेदनमा मध्य अफ्रिकी गणतन्त्र, इथियोपिया, केन्या, प्रजातान्त्रिक गणतन्त्र कङ्गो  तथा सिरिया र म्यानमारलाई पनि खाद्य अभावको उच्च जोखिम रहेका देशका रुपमा चित्रण गरिएको छ । खाद्य असुरक्षा भएका यी सबै देशको जनजीवन दुईछाक भरपेट खान नपाएर कष्टकर हुने चेतावनी दिइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया