कसैको फाइदा, बेफाइदाका लागि करका दर परिवर्तन गरेको छैन : अर्थमन्त्री महत

 जेठ २३, २०८० मंगलबार ६:४५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले कसैलाई फाइदा र बेफाइदा पुग्ने गरी करका दर परिवर्तन नगरेको बताउनुभएको छ ।

सोमवार काठमाण्डाैमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको 'पोस्ट बजेट– अ होलिस्टिक डिस्क्लोजर' विषयक अन्तक्रियामा अर्थमन्त्री महतले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश भएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि त्यसको जवाफ दिँदै यस्तो बताउनुभयो । कसैले फाइदा उठाइरहेको ठाउँमा फाइदा उठाउन नपाएर रिसाएर यस्तो प्रचार गरेको हुनसक्ने उहाँकाे भनाइ छ ।

मन्त्री महतले आफूले समग्र अर्थतन्त्रलाई केन्द्रविन्दुमा राखेर कसैलाई फाइदा र बेफाइदा पुग्ने गरी काम नगरेको स्पष्ट पार्नुभयो । उहाँले इमानदार भएर काम गर्दा हिलो छ्याप्ने काम भएको बताउनुभयो । उहाँले बजेटमा उद्योग व्यवसायलाई राम्रो हुने काममात्रै गरेको दाबी पनि गर्नुभयाे ।

अर्थमन्त्री महतले राम्रो काम गर्दा पनि आक्षेप आइलाग्ने हो भने नेपालमा इमानदार मान्छेहरूको काम छैन भनेर घोषणा गरिदिए हुने बताउनुभयो । उहाँले एकाध मानिसकाे फाइदाको लागि अर्थमन्त्री र राज्य संयन्त्रले काम गर्न नमिल्ने बताउनुभयो । उहाँले करका दर हेरफेर गर्दा अर्थ सचिव, राजस्व सचिव,आन्तरिक राजस्व विभाग प्रमुख, भन्सार प्रमुख र उपसचिवमात्रै बसेर निर्माण गरेको बताउनुभयो ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया