मेयर शाहकाे बेल्जियम भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत

 जेठ २४, २०८० बुधबार १४:२१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहकाे बेल्जियम भ्रमणलाई स्वीकृत गरेकाे छ । 

बुधवार बसेकाे मन्त्रिपरिषद्काे बैठकले मेयर शाहलाई बेल्जियमकाे ब्रसेल्समा आयाेजना हुने कार्यक्रममा सहभागी हुन जान दिने निर्णय गरेकाे सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधीमन्त्री रेखा शर्माले जानकारी दिनुभयाे । मेयर शाह आउँदाे जेठ २९ देखि ३२ गतेसम्म ब्रसेल्समा आयोजना हुने मेट्रो पुलिस वर्ल्ड कंग्रेस र अर्बन समिटमा भाग लिन जान लाग्नुभएकाे हाे ।

यस्तै मन्त्रिपरिषद् बैठकले विद्युत् व्यापारसम्बन्धी विधेयक संसदमा पेस गर्नेलगायतका निर्णय पनि गरेको छ ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया