ओलीले प्रस्ताव गरे वामदेव गाैतम एमालेमा फर्कन तयार

 जेठ २४, २०८० बुधबार १७:४२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य एवम् पूर्वउपप्रधानमन्त्री वामदेव गौतम नेकपा एमालेमा प्रवेश गर्न तयार हुनुभएको छ ।

पार्टीको कार्यकारी पदका लागि ७० वर्षे उमेर हद निलम्बन गर्ने एमालेले निर्णय गरेलगत्तै गाैतमले बुधवार दिउँसाे सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ आफूसँग रहेका साथीहरूसहित एमालेमै फर्कन आफू तयार रहेको प्रतिक्रिया दिनुभएको हो । तर त्यसका लागि अध्यक्ष केपी ओलीले आफूलाई प्रस्ताव गर्नुपर्ने एमालेका उपाध्यक्षसमेत रहिसक्नुभएका गौतमको सर्त छ । विगतमा आफूलाई रोक्नकै लागि त्याे प्रस्ताव ल्याइएको उहाँकाे बुझाइ छ ।

गाैतमले एमाले ओलीसँग भएकाले ओलीले नै आफूलाई पार्टीमा आउन भन्नुपर्ने तर्क गर्नुभयो । एमाले आफूले निर्माण गरेको पार्टी रहेको भन्दै उहाँले एमालेप्रति माया लाग्ने बताउनुभयो । उहाँले आफ्नो पार्टी सदस्यता पनि एमालेमै रहेको बताउनुभयो । आफू एमालेमा अध्यक्ष वा महासचिव बन्नका लागि जान नलागेको उहाँकाे भनाइ थियाे ।

उहाँले भन्नुभयो, ‘यदि उहाँहरूले मलाई खबर गर्नुभयो, तपाईँ आउनुपर्‍याे भन्नुभयो भने म र मसित रहेका साथीहरू त्यहाँ (एमालेमा) एकीकृत हुन जान्छौँ । उहाँ (ओली) ले आउनुस् भन्नुपर्छ । किनभने पार्टी उहाँसँग छ । वामदेव गौतम एमालेमा अध्यक्ष हुन जाने होइन । महासचिव हुन जाने होइन । पार्टीमा योगदान दिन जाने हो ।’

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया