याे सरकारले देश र नागरिककाे हितमा काम गरेन : ओली
असोज १२, २०८० शुक्रबार
भारतकाे गुजरातका चर्चित मुटुराेग विशेषज्ञ सर्जन डाक्टर गाैरव गान्धीकाे निधन भएकाे छ । गान्धीकाे हृदयघातका कारण मङ्गलवार निधन भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
४१ वर्षीय गान्धी पेलेस राेडमा रहेकाे आफ्नाे घरमा सुतेकाे अवस्थामा मङ्गलवार बिहान नउठेपछि परिवारले उहाँलाई अस्पताल लगेका थिए । डाक्टरले उहाँलाई मृत घाेषित गर्दै हृदयघातका कारण ज्यान गएकाे बताएका भारतीय सञ्चारमाध्यम आजतकले लेखेकाे छ।
डा. गान्धीले आफ्नाे मेडिकल करियरमा १६ हजारभन्दा धेरै व्यक्तिकाे मुटुकाे सर्जरी गर्नुभएकाे थियाे । डाक्टर गान्धी फेसबुकमा 'हाल्ट हार्ट अट्याक क्याम्पेन' मा पनि जाेडिनुभएकाे थियाे । याे देशभर हृदयघातकाे कारण भइरहेकाे मृत्युकाे विरुद्ध एक अभियान थियाे । उहाँले हृदयघातबाट बच्न विभिन्न तरिकाबारे बताउँदै आउनुभएकाे थियाे ।
बद्रीनाथ गुरागाईं
June 11, 2023, 12:19 a.m.कति हाँस्नु मुटु रोग विषेशज्ञ 16हजार काे मुटु काे उपचार गरे अन्ततः आफै मुटु काे चाल बन्द भएर मरे त्यसैले मानिस ले जतिसुकै विज्ञान विज्ञान भनेर चिच्याए पनि, प्रकृति र ईश्वर भन्दा पर केही छैन,त्यो भन्दा ठूलो कोही छैन,। हार्दिक श्रद्धाञ्जली।
Durga Baral
June 8, 2023, 11:45 p.m.Sad news, rip
sk regmi
June 8, 2023, 1:33 p.m.संसारलाई मुटु रोगको शिक्षा दिनेले आफ्नो लागि चाहिँ ध्यान दिन भ्याएनछ्न । हार्दिक श्रद्धाञ्जली ।
madhusudan paudyal
June 7, 2023, 9:41 p.m.sad news