लगातार तेस्रो दिन पनि शेयर बजार बढ्यो, २ अर्ब ३० करोड रुपैयाँको कारोबार

 जेठ २५, २०८० बिहीबार १५:१९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातार तेस्रो दिन आज बिहीवार पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज सात दशमलव २७ अङ्कले बढेर एक हजार नौ सय ३९ दशमलव ६१ विन्दुमा पुगेको छ ।

आज उत्पादन, जलविद्युत्, होटल र बैंक समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ । बीमा समूहको शेयर भने उच्च अङ्कले उकालो लागेको छ ।

बजार बढेकाे दिन दुई सय ७३ वटा कम्पनीका ५९ लाख ६२ हजार कित्ता शेयर दुई अर्ब ३० करोड ५८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै आईजीआई प्रुडेन्सियल इन्सुरेन्स कम्पनीको १० करोड २६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै दोल्ती पावर कम्पनी र बुङगोल इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै रिभर फल्स पावर कम्पनीको शेयर साढे छ प्रतिशतभन्दा धेरैले घटेको छ ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया