२० वर्षमुनिको महिला एसियन कप छनोटमा नेपाल दाेस्राे खेलमा पनि पराजित

 जेठ २५, २०८० बिहीबार १७:२३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको दाेस्राे खेलमा पनि नेपाल पराजित भएकाे छ ।

म्यानमारमा भइरहेकाे प्रतियाेगितामा आज बिहीवार नेपाली टाेली चीनसँग ५–० गाेलले पराजित भयाे । यसअघि मङ्गलवार भएकाे पहिलाे खेलमा पनि नेपाल घरेलु टोली म्यानमारसँग ५–० गाेलले नै पराजित भएको थियो । नेपालले शनिवारकाे अन्तिम खेलमा चाइनिज ताइपेइसँग खेल्नेछ । 

नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको थियो ।

दाेस्राे चरणकाे छनाेट खेलमा उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने २० वर्षमुनिको महिला एसियन कप खेल्नेछ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया