स्वास्थ्यकर्मीलाई सुरक्षा दिन सरकार तयार छ : गृह सचिव भट्टराई
असोज १२, २०८० शुक्रबार
दाङ – लामो समयसम्म पानी नपरेर गर्मी अत्यधिक बढेपछि दाङको घोराहीमा पानी पार्न भन्दै सामूहिक पूजापाठ गरिएको छ । घोराही उपमहानगरपालिका–१८ शङ्खे पिपलमा १२ जना पण्डितबाट रुद्री पाठ गराइएकाे हाे ।
घोराही उपमहानगरपालिका–१४ काे ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र घोराही, ब्राह्मण समाज दाङ, पतञ्जली योग समितिको संयुक्त आयोजनामा पूजा पाठ गरिएको हो । कार्यक्रमका लागि भरतमणि पाण्डे र विष्णुप्रसाद गौतमले आर्थिक सहयोग गर्नुभएको थियो ।
कार्यक्रममा घोराही–१४ काे ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष चित्रकान्त आचार्यको अध्यक्षता तथा ज्येष्ठ नागरिक जयदेव भट्टराईको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा घोराही–१८ का वडाध्यक्ष भरतमणि अर्याल, १५ का वडाध्यक्ष रमेशकुमार पाण्डे, १५ का वडा सदस्यहरू माधव श्रेष्ठ, उत्तम बुढाथोकी, पतञ्जली योग समितिका शारदा पोख्रेल, ब्राह्मण समाजका इन्जिनियर ऋषिराम शर्मालगायतकाे सहभागिता रहेकाे थियाे ।
Nirusha paudel
June 10, 2023, 10:58 p.m.अनि के भयो त आफ्नो आफ्नो बिश्वास को कुरा हो तिम्रा हेडलाइन अनुसार त हामी मन्दिर नि नजानु जस्तो बुजियो त मन्दिरमा पनि भगवान प्रकट हुने हैनन त तर पनि गइन्छ पुजा गरिन्छ कि तिमरु बाइबलका झोले हौ😡😡😡बिकाउ पत्रकारसँग हरु 👎️👎️
अमर सुनार
June 8, 2023, 8:58 p.m.अन्धविश्वासकाे पराकाष्टा !