इङ्ल्यान्डले जित्याे आयरल्यान्डसँगकाे एकदिवसीय शृङ्खला
असोज ९, २०८० मंगलबार
काठमाण्डाै – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐन लेखनको काम सकिएको बताउनुभएको छ ।
बिहीवार मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा मन्त्री माेदीले मन्त्रालयले सरोकारवाला सबै पक्षसँग विभिन्न समयमा छलफल गरी लेखनको काम सकेको जानकारी दिनुभयो । उहाँले ऐनलाई अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा पठाइएको र ती मन्त्रालयबाट सहमति आउन बाँकी रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सङ्घीय निजामती सेवा ऐन लेखनको काम सकेर अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा पठाएका छौँ । कानुन र अर्थको सहमति आउन बाँकी छ ।’
मन्त्री मोदीले तोकिएको क्षेत्रमा नजाने कर्मचारीप्रति कडाइ गर्दै समस्या समाधानमा आफू दत्तचित्त भएर लागेको पनि बताउनुभयो । उहाँले बेरुजु नियन्त्रणका लागि पालिकालाई मन्त्रालयबाट परिपत्र जारी गरेको तथा आउँदाे बजेटमा जनजाति, मधेसी, दलित, पिछडिएका क्षेत्रका जेहेनदार विद्यार्थीलाई लोक सेवा निःशुल्क पढाउने व्यवस्था मिलाएको बताउनुभयो ।
मन्त्री मोदीले पालिका प्रमुखहरू विदेश भ्रमणका जाने कुरामा पनि कडाइ गरेको बताउनुभयो । आफूखुसी विदेश भ्रमणमा जानलाई रोक लगाउँदै परराष्ट्र मन्त्रालयमार्फत सबै प्रक्रिया नपुर्याइकन जान नदिएको उहाँले बताउनुभयो । सरकारी खर्चमा विदेश भ्रमणमा जान नदिएको उहाँको भनाइ छ ।
उहाँले सञ्चारमाध्यममा आएजस्तो आफूलाई मन्त्रीबाट फिर्ता बोलाउन लागिएकोबारे जानकारी नभएको बताउनुभयो । मन्त्रिपरिषदमा थारु समुदायको आफू एक्लै रहेको र खराब काम पनि नगरेको भन्दै प्रधानमन्त्रीले आफूलाई फिर्ता नबोलाउनेमा उहाँकाे विश्वास छ ।