स्कटल्यान्डले नेपाललाई ७ विकेटले हरायाे

 जेठ २५, २०८० बिहीबार १९:६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आईसीसी विश्व कप छनोटका लागि अन्तिम तयारीमा रहेको नेपाल स्कटल्यान्डसँगकाे पहिलाे एकदिवसीय अभ्यास खेलमा ७ विकेटले पराजित भएकाे छ ।

नेपालले दिएकाे १ सय ३६ रनकाे सामान्य लक्ष्य स्कटल्यान्डले २९ ओभरमा ३ विकेट गुमाएर भेटायाे । स्कटल्यान्डका ब्रेन्डन म्याकमुलनले ५९ र रिची बेरिङ्टनले ४१ रन बनाए । नेपालका गुलशन झाले २ र सोमपाल कामीले १ विकेट लिए । 

यसअघि दक्षिण अफ्रिकाकाे प्रिटाेरियामा टस हारेर ब्याटिङ गरेकाे नेपालले २८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३५ रन बनाएकाे हाे । नेपालका कुशल मल्लले ३७ र आसिफ शेखले २८ रन बनाए पनि अन्य खेलाडीले राम्राे प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ स्कटल्यान्डका ब्रेन्डन म्याकुमलन ज्याक जार्विसले ३/३ विकेट लिए । 

नेपालले दाेस्राे अभ्यास खेलमा शनिवार नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपाली टोली अघिल्लो हप्ता मङ्गलवार दक्षिण अफ्रिका गएको थियो ।

नेपाल दक्षिण अफ्रिकाबाटै जिम्बाब्वे जानेछ । जिम्बाब्वेमा हुने  विश्व कप छनोट प्रतियोगितामा दश टोलीको सहभागिता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा नेपाल समूह 'ए' मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बावे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । असार ३ मा जिम्बाब्वेसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ । समूह 'बी' मा श्रीलङ्का, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई रहेका छन् ।

हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा समूह 'बी' बाट आउने तीन टोलीले समूह 'ए' का तीन टोलीसँग खेल्नेछन् । त्यसपछि शीर्ष दुई टोली फाइनलमा पुग्दै भारतमा हुने विश्व कपमा स्थान बनाउनेछन् ।

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Dinesh Thapa

    June 9, 2023, 8:58 p.m.

    हिम्मत कहिले न हार्नु

  •  0 Reply
  • Keshav Bahadur bist

    June 9, 2023, 9:59 a.m.

    Yestai khele k bisw cup ma jala r Nepal ramro performance garnu paryo

  •  0 Reply

तपाईको प्रतिक्रिया