विदेशी मुद्राकाे सञ्चिति १४ खर्ब ७० अर्ब, १० महिनामा १० खर्ब रुपैयाँ रेमिट्यान्स भित्रियाे

 जेठ २६, २०८० शुक्रबार १३:५८:२० | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – चालु आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्ममा शाेधनान्तर स्थिति दुई खर्ब १४ अर्ब रुपैयाँभन्दा धेरैले बचतमा रहेकाे छ । 

नेपाल राष्ट्र बैंकले आज शुक्रवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार १० महिना अवधिमा शोधनान्तर स्थिति दुई खर्ब १४ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको छ । त्यस्तै कुल विदेशी विनिमय सञ्चिति १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ बराबर छ । विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा ११ अर्ब २१ करोड बराबर हो । 

राष्ट्र बैंकका अनुसार १० महिना अवधिमा रेमिट्यान्स आप्रवाह २३ दशमलव चार प्रतिशतले बढेर १० खर्ब पाँच अर्ब १८ करोड रुपैयाँ पुगेको छ । याे तथ्याङ्क हेर्दा महिनामा झन्डै एक खर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएकाे छ ।

त्यस्तै आयात १६ दशमलव आठ प्रतिशतले, निर्यात २४ दशमलव पाँच प्रतिशतले र कुल वस्तु व्यापार घाटा १५ दशमलव नौ प्रतिशतले घटेको छ । वैशाख मसान्तसम्ममा सङ्घीय सरकारको खर्च १० खर्ब ४७ अर्ब ७६ करोड र राजस्व परिचालन सात खर्ब ५६ अर्ब २५ करोड रुपैयाँ रहेको छ ।

यो अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन सात दशमलव तीन प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा तीन दशमलव एक प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११ दशमलव चार प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर तीन दशमलव तीन प्रतिशत रहेको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • suryahang ijam

    June 10, 2023, 7:40 p.m.

    नमस्कार म सुर्यहाङ्ग इजम हाल साउदी अरब यतिका धेरै रेमिटान्समा पैसा भित्रन्छ तर कहिले पनि नेपालमा रिण बढ्छ किन होला

  •  0 Reply
  • मनमोहन कुमार श्रेष्ठ (नाम गोप्य राख्नु होला )

    June 9, 2023, 2:59 p.m.

    वैदेशिक रोजगारमा गएका ब्यक्तिले पठाएको रेमिटेन्सको वृद्धिको कारणले अहिले सोधनान्तर स्थितिमा निकै बचत हुनु, बिदेशी मुद्राको भण्डार बढेर ११/१२महिना भन्दा बढि आयात हुन सक्ने अवस्था देखिनु र तरलतामा सुधार देखिनुमा नीतिनिर्माताले गौरव गरेका होलान । यो सकारात्मक परिसूचकमा नीतिनिर्माताले आफ्नो कुशलता बर्णन गर्नु भन्दा कसिलो मौद्रिक  निति ल्याउदा कति ब्यबसायीले ज्यान दिनु पर्यो, कति जनता डिप्रेशनमा गए, कति अपराधीकरण बढ्दै गयो, कति सर्बसाधारणले गाउ सहर छोडी बिदेश जानु पर्ने बाध्यता भयो भन्ने कुराको तथ्यांक गाउ सहरमा  लिन्दा कहालीलाग्दो अवस्था चित्रण  हुन्छ । अहिले बैंकमा तरलता बढे अनुसार  ब्याज दर घट्न सकेको छैन । धेरैजसो लगानीकर्ताले लगानी गरेका क्षेत्रलाई मौद्रिक नीति वा गभर्नरले आवेगमा आएर एक्कासि घाटी निमोठ्नु भन्दा ब्यबस्थित गरेको भए वा बिस्तारै बिस्तारै  कसिलो मौद्रिक निति ल्याउने संकेत गरेको भए  लगानीकर्ताले आफ्नो लगानी अन्य क्षेत्र तर्फ स्विच गर्न सक्ने समय पाउथ्यो । लगानी को रकम डुब्ने थिएन र जनताको आर्थिक अबस्थामा चलायमान एक्कासि रोकिने थिएन । अहिले राजस्व घटेर कर्मचारीलाइ तलब ख्वाउन हम्मे हम्मे पर्ने अवस्था हुन्थिएन । अहिले लगानीकर्ता घरमा निष्क्रिय भएर बस्नु पर्थिएन । मौद्रिक नितिले बैंक तथा बितिय संस्थाको रियलस्टेट , सेयर कर्जा लगानीमा बिगतमा १०० प्रतिशत जोखिम भार थियो भने यसलाइ १५० प्रतिशत पुर्याइयो, रियलस्टेट ब्यबसायमा बिगतमा धितो सुरक्षणको रूपमा रहेको घर जग्गाको डिस्ट्रेस भ्यालुको ५०/६० प्रतिशत सम्म लगानी गर्ने अवस्था थियो भने यसलाई ३०/४० प्रतिशतमा झारियो, बैंकको कुल कर्जामा यी क्षेत्रमा जाने कर्जाको सिमामा पुरै कडा गरियो , शेयरमा ४/१२ करोडको सीमा तोकियो, यी क्षेत्रमा जाने कर्जाको माङ्ग संकुचन गर्न नेपाल राष्ट्र बैंकले ब्याज दर बढाउन उत्प्रेरित गर्यो तथा  पुनरकर्जामा कडाइ गरी बैंक रेटलाइ  बढाइयो । यी क्षेत्रमा जाने कर्जा घर जग्गा मुल्यांकनको ५० प्रतिशत र शेयर मुल्यको  बजार मुल्यको ५० प्रतिशत भन्दा घटी कर्जा जाने भएकोले सुरक्षणको हिसाबले बैंक तथा बितीय संस्था पुरै सुरक्षित थियो । यी क्षेत्रमा गएको लगानीले उत्पादनशील क्षेत्रमा समेत टेवा दिइरहेको थियो  तैपनि बैंकलाइ लगानी गर्न  हतोत्साहित गरी लगानीकर्तालाइ मरणासन्न अबस्थामा पुर्याउने गरी मौद्रिक निति ल्याइ नितिगत अपराध गर्ने काम भयो । जसले गर्दा बैंकबाट बढी लगानी भएको क्षेत्र अर्थात आर्थिक चलायमान भइरहेको क्षेत्र  घर जग्गा , शेयर , रियलस्टेट, होटल तथा सानोतिनो ब्यबसाय आदिमा ऋण पुरै ठप्प जस्तै भयो भने यसमा लाखौ ब्यक्तिले गरेको अरबौ रकमको लगानीमा एक्कासि जोखिम थपियो  ।  लगानीकर्ता र निजले आफै सृजना गरेको लाखौ रोजगार खोसियो । लगानीकर्ता आर्थिक संकट्को भुमरीमा फस्न थाल्यो ।  सर्बसाधारण्लाइ आर्को बैकल्पिक क्षेत्रमा लगानी गर्ने बलियो आधार भएन र  भएको लगानी आर्को क्षेत्र तर्फ सिफ्ट गर्न नसक्दा खरबौ लगानी डुब्ने स्थितिमा आएपछि आर्थिक शिथिलता देखियो । सम्बन्धित संस्थाले सकारात्मक समाचार सम्प्रेषण गरेपनि मौद्रिक नितिबाट देखिएको नकारात्मक प्रभाव उजागर गरेको अर्थात रियलाइजेशन गरेको देखिदैन ।

  •  0 Reply

तपाईको प्रतिक्रिया