बझाङ भूकम्प : बेपत्ता महिलाको पहिरोमा च्यापिएको अवस्थामा शव भ...
असोज १७, २०८० बुधबार
स्याङ्जा – स्याङ्जाको भीरकोट नगरपालिका–१ मा रहेको झरना फोटो स्टुडियोमा गएराति आगलागी भएको छ । बयरघारी बजारमा रहेको फोटो स्टुडियोमा रातकाे एक बजेतिर आगो लागेको थियो ।
क्षतिको विवरण संकलन गर्ने काम भैरहेको र ५० लाख रुपैयाँ भन्दा धेरैको क्षति भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ । पसलमा रहेका ४ वटा भिडियो खिच्ने क्यामेरा, ५ वडा ल्यापटप, दुई वटा डेस्कटप, २ वटा प्रिन्टर, विक्रिका लागि राखिएका खेलकुदका सामग्रीलगायत जलेर नस्ट भएको स्टुडियो सञ्चालक राजेश पौडेलले जानकारी दिनुभयो ।
वालिङ नगरपालिकाको दमकल, स्थानी यबासिन्दा र प्रहरीको सहयोगमा आगो निभाइएको थियाे । आगो लाग्नुको कारण खुल्न सकेको छैन ।
स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।