दाङकाे काेइलाबासमा दमकलबाट खानेपानी वितरण

 जेठ २९, २०८० सोमबार ७:१८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – दाङको कोइलाबासमा पानी अभाव भएपछि गढवा गाउँपालिकाको दमकलमा पानी भरेर वितरण सुरु गरिएको छ । 

नेपाल–भारत सीमा क्षेत्रमा पर्ने कोइलाबासमा पानी अभाव पाएपछि गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, गढवा ५ का वडाध्यक्ष लेखबहादुर थापा, प्रशासन शाखा प्रमुख पुनाराम शर्मा र पालिका कर्मचारीकाे टाेलीले पानी वितरण गरेकाे हाे । 

कोइलाबासमा रहेका सरकारी, गैरसरकारी सङ्घ–संस्था तथा स्थानीयकाे घरघरमा पुगेर पानी वितरण गरिएको र यो प्रक्रिया पानीको व्यवस्थापन नहुँदासम्म चालिरहने गाउँपालिकाका अध्यक्ष पोख्रेलले जानकारी दिनुभयाे ।

लामाे समयसम्म पानी नपरेपछि खडेरीका कारण सर्वसाधारण गर्मीका कारण हैरान भएका छन् ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया