बझाङमा भिरबाट लडेर एक जनाकाे ज्यान गयो

 असार १, २०८० शुक्रबार ९:४१:५० | डीबी बिष्ट
unn.prixa.net

बजाङ - बझाङमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । सुर्मा गाउँपालिका वडा नम्बर ५ का ३३ वर्षीया लडे जेठाराको भिरबाट लडेर ज्यान गएको हाे ।

आफन्त चक्रबहादुर बोहाेराका अनुसार यार्सा सङ्कलन गर्ने ठाउँ पार्थीबाट घर जान हिँडेका उहाँको हलेलीको भिरबाट लडेर ज्यान गएको हो । हिजो भिरबाट लडेका जेठाराको आज बिहान शव फेला परेको  छ । घरमा ७३ वर्षकी आमा गदिदेवि बोहाेरा बिरामी परेको खबर पाएपछि जेठारा यार्सा टिप्न छोडेर घर फर्कँदै हुनुहुन्थ्यो ।

यार्सा सङ्कलनकै क्रममा यस वर्ष सुर्मा गाउँपालिकाका ६ जनाले ज्यान गुमाएका छन् । भिरको बाटो साँघुरो र अप्ठ्याराे भएका कारण भिरबाट लडेर र चिसोले कठ्याङ्ग्रिँएर तथा हिमपहिरोमा परि बर्सेनि यस्ता घटना हुने गरेको वडा–१ का वडाअध्यक्ष दिनेशबहादुर बोहाेराले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया