दाङमा मिटरब्याजीविरुद्ध ३ सय ६२ वटा उजुरी

 असार १, २०८० शुक्रबार १३:३०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – दाङमा मिटरब्याजीविरुद्ध तीन सय ६२ वटा उजुरी परेको छ । सरकारले गएकाे वैशाख १७ गतेदेखि जेठकाे तेस्रो हप्तासम्म दिएको समयसीमाभित्र दाङमा मिटरब्याजीविरुद्ध तीन सय ६२ वटा उजुरी दर्ता भएकाे हाे ।

मिटरब्याज अर्थात् अनुचित लेनदेनसम्बन्धी समस्या समाधान गर्न गएको चैत २० गते सरकारले तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेपछि दाङसहितका जिल्लामा मिटरब्याजीविरुद्ध अनलाइन आवेदन माग गरिएको थियाे । त्यही आधारमा आयोगले मिटरब्याज पीडितले आफूसँग उपलब्ध रहेका प्रमाणसहित अनलाइनबाट सिधै आयोगमा वा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था गरेकाे थियाे ।

प्रशासन कार्यालयमा १० हजारदेखि एक करोड रुपैयाँसम्मको कारोबार भएको उजुरी परेको छ । छिनुवा पास, दृष्टि बन्धक, २०४६ सालको कारोबारको निवेदन पनि परेको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार अनुचित लेनदेनमा भदौ ५ देखि असोज १२ गतेसम्म ८३ वटा निवेदन दर्ता भएकोमा दुवै पक्षलाई राखेर समाधान खोजेकोमा २६ वटा निवेदनमा मिलापत्र भएको छ । ११ वटा मुद्दा अदालतमा पठाई फैसला गराउने काम भएको र ४१ वटामा छलफल बाँकी रहेको छ ।

अहिले अनलाइनमा तीन सय ६२ वटा उजुरी परेकाले विगतमा छलफलका क्रममा रहेका र नयाँ थपिएका आवेदनको बारेमा कसरी अघि बढ्ने भन्नेबारेमा आयोग, सरकारसँग पनि छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी वैद्यले जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया