घाेराही–८ का वडाध्यक्ष शाहीद्वारा राजीनामा

 असार १२, २०८० मंगलबार २०:३६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – दाङको घोराही उपमहानगरपालिका–८ का वडाध्यक्ष जितेन्द्र शाहले पदबाट राजीनामा दिनुभएको छ । आज मङ्गलवार वडाध्यक्ष शाहले घाेराहीका मेयर नरुलाल चौधरीलाई राजीनामा पत्र बुझाउनुभएको छ ।

उपमहानगरले असार १० गते ल्याएको बजेटप्रति असुन्तुष्टि जनाउँदै वडाध्यक्ष शाहले पदबाट राजीनामा दिएको स्रोतले बताएको छ । वडामा प्रयाप्त बजेट विनियोजन नगरेको भन्दै उहाँले पदबाट राजीनामा बुझाएको स्रोतको दाबी छ । वडाध्यक्ष शाहको राजीनामा स्वीकृत भने भइसकेको छैन ।

गएकाे पालिका चुनावमा शाह नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । घोराही उपमहानगरमा मेयर र उपमेयर पनि एमालेकै छन् ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • जस बहादुर राई

    June 28, 2023, 4:23 a.m.

    राजनीति ले बिगारेको देश जो अगुवा त्यही बाटो हगुवा भने जस्तै हो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया