युक्रेनले तत्काल नेटोको सदस्यता नपाउने निश्चित

 असार २८, २०८० बिहिबार ८:४८:९ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

युक्रेनले तत्काल उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को सदस्यता नपाउने निश्चित भएको छ ।

लिथुआनियाको राजधानी विलनियसमा दुई दिनसम्म भएको नेटो सम्मेलनमा युक्रेनको सदस्यता मुख्य विषय बनेको थियो । तर, स्वीडेन नेटोको नयाँ सदस्य बन्ने निश्चित भए पनि युक्रेनलाई सदस्यता दिनेबारेमा भने सम्मेलनले कुनै निर्णय गरेन ।

नेटोमा आबद्ध देशहरूले रुससँगको लडाइँमा युक्रेनलाई थप सैन्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले युक्रेनलाई नेटो सदस्यताको बाटोमा सहयोग गर्ने बताउनुभएको छ । त्यस्तै, नेटोका प्रमुख जेन्स स्टोल्टनबर्गले यो बैठक ऐतिहासिक भएको तर युक्रेनलाई सदस्यता दिनेबारे कुनै निर्णय नभएको बताएको बीबीसीले जनाएको छ ।

युक्रेनले सदस्यता पाउन पहिले आर्थिक, राजनीतिक र सैन्य मापदण्डहरु पूरा गर्नुपर्नेछ । सन् १९४९ मा स्थापना भएको नेटोमा शुरुवाती समयमा अमेरिका, बेलायत, क्यानडा, फ्रान्सलगायत १२ देश सहभागी थिए । त्यसपछि युरोप र उत्तर अमेरिकासहित ३१ सदस्य पुगेको छ । अब स्वीडेन पनि थपिएको छ ।

नेटोमा आबद्ध देशमा कहीँकतैबाट आक्रमण भए सबैले प्रतिरक्षा गर्ने सहमति छ । युक्रेन नेटोमा आबद्ध हुन लागेको विषय उठाएर रुसले अघिल्लो वर्ष फेब्रुअरीमा आक्रमण सुरु गरेको थियो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया