राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र पीडित पक्षबीच सहमति जुटेन, उपचार सेवा प्रभावित

 असार २९, २०८० शुक्रबार २०:२७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

दाङ - राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र उपचारका लागि लगिएका बालकको ज्यान गएपछि आन्दाेलनमा उत्रिएका आफन्तबीच आज पनि सहमति जुट्न सकेन ।  पीडित पक्ष र अस्पतालबीच पटकपटक छलफल भए पनि सहमति जुट्न नसकेकाे हाे । 

घोराही उपमहानगरपालिका–३ का ११ वर्षीय आक्रोश नेपालीको अस्पतालको लापरबाहीका कारण ज्यान गएकाे भन्दै बिहीवारदेखि शुरु भएको नाराबाजीसहितको प्रदर्शन आज पनि जारी रहेको हो ।

विरोध प्रदर्शनका कारण अस्पतालको उपचार सेवा प्रभावित भएकाे छ । प्रतिष्ठान परिसरमा आज बिहानैदेखि बाक्लो रुपमा प्रहरी परिचालन गरिएको थियो । बालकको ज्यान गएकाेबारे सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही र उचित क्षतिपूर्ति पाउनुपर्ने पीडित पक्षकाे माग छ ।

उनीहरुले अस्पताल प्रशासनले आफ्नो माग सम्बोधन नगरेको भन्दै लमही-घोराही सडक खण्ड अन्तर्गत पर्ने बबई खोला पुल नजिकै सडक चक्काजाम समेत गरेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले जानकारी दिनुभयो । 

‘आन्दोलन गरिरहेका पीडित परिवारलाई अस्पताल प्रशासनबाट हटाएका थियौँ, फेरि उनीहरुले बबई खोला पुल नजिकमा सडक अवरुद्ध पारेका हुन्' । उहाँले भन्नुभयाे ।  अहिले सडक सञ्चालनमा आइसकेकाे गाैतमले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया