केही दिनमै कालिञ्चोकको यात्रा केबलकारमा सरर...

 कात्तिक १२, २०७५ सोमबार १९:२३:५३ | उषा तामाङ
unn.prixa.net

दोलखा – दोलखाको कुरी बजारदेखि कालिञ्चोक मन्दिरसम्म पुग्न निर्माण गरेको केबलकार निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

केबलकार निर्माण कार्य ९८ प्रतिशत सम्पन्न भएको हो । देशकै तेश्रो ठूलो केबलकारको रुपमा कालिञ्चोक दर्शन लिमिटेडले निर्माण गरिरहेको केबुलकार अबको केही दिनभित्रै सञ्चालन गर्ने तयारी भइरहेको छ ।

दुई वर्ष अघिदेखि निर्माण भइरहेको केबुलकारको पहिलो चरणको परीक्षण सफल भएको छ । अन्तिम परीक्षण गर्नका लागि स्वीट्जरल्याण्डबाट प्रोग्रामर इन्जिनियर र इलेक्ट्रोनिक इन्जिनियरको टोली सोमबार दोलखा आउँदै छन् ।

उनीहरुले अबको केही दिन अन्तिम परीक्षण गरी सञ्चालनको अनुमति दिएसँगै केवलकार सञ्चालनमा ल्याइने कालिन्चोक दर्शन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले जानकारी दिनुभयो ।

कुरीदेखि कालिन्चोकसम्म ९ सय मिटर लामो दूरीमा केबलकार चलाइनेछ । यस अघि दुई वटा मात्रै गोण्डाला अर्थात केवलकार सञ्चालन गर्ने गरी इस्टिमेट हुँदा २६ करोड लागत लाग्ने अनुमान गरिएको थियो ।

दोलखाको कालिञ्चोक धार्मिक पर्यटकीय स्थल भएकाले पर्यटकको चाप बढ्ने अनुमान सँगै दुई वटा केबलकार अपुग हुने सुझाव प्राप्त भएका कारण ४ वटा गोण्डाला सञ्चालन गर्ने भएपछि ४५ करोडमा निर्माण सम्पन्न हुनेछ ।

कालिञ्चोकको कुरीसम्म सवारीमा यात्रा गर्दै र कुरीदेखि ठाडो उकालो बाटो हिँड्दै मन्दिरसम्म पुग्नुपर्ने भएपछि धेरै पर्यटक तथा भक्तजन कुरीबाटै फर्कन बाध्य बनेका थिए । केवलकार सञ्चालन भए सँगै कालिञ्चोक भगवती मन्दिर दर्शनका लागि आउनेहरुलाई निक्कै नै सहज हुने भएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया