मुख्यमन्त्री राई उपचारका लागि थाइल्याण्ड जाँदै

 कात्तिक १२, २०७५ सोमबार १९:५७:१० | सुमन तिमल्सिना
unn.prixa.net

फाइल तस्बिर

मोरङ – घाँटी दुख्ने समस्याबाट लामो समयदेखि पीडित  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई उपचारका लागि थाइल्याण्ड जान प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ ।

मुख्यमन्त्री राई कात्तिक १६ देखि २४ गतेसम्मका लागि उपचारको क्रममा थाइल्याण्ड जान लाग्नुभएको छ । श्रोतका अनुसार मुख्यमन्त्री राईको उपचारका लागि थाइल्याण्ड जाने कार्यक्रम पहिल्यै तय भइसकेको थियो । प्रदेश सरकारले आइतबार औपचारिक रुपमा भ्रमण स्वीकृत गरेपछि अब पुनः मुख्यमन्त्री राईले संघीय सरकारबाट विदेश जानुपर्दा लिनुपर्ने भ्रमण अनुमति लिनु पर्नेछ ।

मुख्यमन्त्री राईलाई सार्वजनिक कार्यक्रममा सहभागी हुँदा लामो समयसम्म बसिरहँदा घाँटी दुख्ने समस्या देखिएकाले उहाँ थाइल्याण्ड जान लाग्नुभएको हो ।यसअघि उहाँले काठमाडौंमै घाँटीको उपचार गराए पनि निको नभएपछि थाइल्याण्ड जान लागेको मुख्यमन्त्रीका प्रेस संयोजक ध्रुव सुवेदीले जानकारी दिनुभयो । सुवेदीका अनुसार मुख्यमन्त्रीको थाइल्याण्ड यात्रा व्यक्तिगत हुनेछ ।

मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐनको दफा ७ मा मुख्यमन्त्रीले विदेशमा गएर समेत उपचार गर्न सक्ने व्यवस्था छ । त्यसरी उपचारमा जाँदा मेडिकल बोर्डको सिफारिसमा नेपाल सरकारको सहमति लिएर गएमा प्रदेश सरकारले तोकेको उपचार खर्च पाउने व्यवस्था छ ।

तर मुख्यमन्त्री राई आफ्नै खर्चमा थाइल्याण्डमा उपचारका लागि जान लागेको जनाइएको छ । थाइल्याण्ड जानका लागि मात्रै प्रदेश मन्त्रिपरिषद्ले स्वीकृति दिएको सुवेदीले जानकारी दिनुभयो ।

मुख्यमन्त्री राईले एकमहिना अघि मात्रै एक सातासम्म काठमाडौंमा बसेर घाँटीको फिजियोथेरापी गराउनुभएको थियो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Khadga Rai

    Oct. 29, 2018, 9:07 p.m.

    सबैको त भन्न नमिल्ला तर अधिकांशको एउटै साझा लक्ष्य हो मन्त्रि बनेर राज्यको ढिकुटीबाट ब्यक्तिगत समृद्धी र ऐश्वर्य हासिल गर्ने अनि विविध वहानामा विदेश भ्रमण गर्ने । अनि हामी जनताको एउटै साझा लक्ष्य हो एक छाक मासुभात र खल्तीमा केही नगदमा बिक्नु । हामी जनतामा कहिले फुर्ने हो चेतनाको दियो ?

  •  0 Reply

तपाईको प्रतिक्रिया