दुर्इ लाख रुपैयाँ घुससहित नापी कार्यालय लहानका कर्मचारी पक्राउ

 कात्तिक १३, २०७५ मंगलबार १५:४५:१८ | आशिष विश्वकर्मा

सिरहा – सेवाग्राहीसँग लिएको दुई लाख रुपैयाँ घुससहित नापी कार्यालय लहानका सर्वेक्षक देवनारायण चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले मगंलबार पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले चौधरीलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा कार्यालयबाटै नियन्त्रणमा लिएको अख्तियार टोली प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम सागर केसीले जानकारी दिनुभयो ।

एक जना सेवाग्राहीको श्रेस्तामा १ बिघा ३ कठ्ठा जग्गा हुनुपर्नेमा कर्मचारीको लापरवाहीका कारण १ कठ्ठा ३ धुर लेखिएको श्रेस्ता सच्याउन सर्वेक्षक चौधरीसँग एक वर्ष अघिदेखि मोलमोलाई हुँदै आएको जनाइएको छ । 

श्रेस्ता सच्याउन सर्वेक्षक चौधरीले सेवाग्राहीसँग पाँच लाख रुपैयाँ घुस मागेको भएपनि उनीहरुबीच धेरै दुई लाख रुपैयाँमा कुरा मिलेको बुझिएको छ ।
सेवाग्राहीको सहयोगमा ती कर्मचारीलाई नियन्त्रणमा लिइएको उपरीक्षक केसीले बताउनुभयो । 

पक्राउ परेका चौधरीलाई अख्तियार टोलीले कार्यालयमै राखेर मुचुल्का उठाउने काम भइरहेको जनाइएको छ ।  
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

आशिष विश्वकर्मा

आशिष विश्वकर्मा सिरहाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया