आँखा पाक्ने राेग फैलिएपछि गढवा गाउँपालिकाका विद्यालय १ हप्ताका लागि बन्द

 साउन २१, २०८० आइतबार १८:२४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – आँखासम्बन्धी रोगको प्रकोपका कारण दाङको गढवा गाउँपालिकाका विद्यालय एक हप्ताका लागि बन्द भएका छन् । आँखासम्बन्धी राेगका बिरामी बढ्दै जान थालेपछि गाउँपालिकाले एक सूचना निकालेर आज आइतवारदेखि साउन २८ गतेसम्म विद्यालयमा पठनपाठन स्थगन गर्न अनुरोध गरेको हो ।

‘केही दिनयता विद्यालय तथा समुदायस्तरमा बालवालिकाहरूको आँखा चिलाउने, पाक्ने र रातो हुने समस्या बढिरहेकाे हुँदा त्यस समस्याबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्नका लागि मिति साउन २८ गतेसम्म यस पालिकाअन्तर्गत सञ्चालित संस्थागत विद्यालयहरू बन्द गर्नु र गराउनु हुन आदेशअनुसार सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, गाउँपालिकाकाे शिक्षा शाखाले निकालेकाे सूचनामा उल्लेख छ ।

सामुदायिक विद्यालयहरूमा भने यसअघि नै बर्खे बिदा गरिएको छ । बर्खे बिदापछि सामुदायिक विद्यालयहरू साउन २९ गतेदेखि सञ्चालन हुनेछन् ।

दाङसहित देशका धेरै ठाउँमा अहिले आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएको छ । डाक्टरले आँखामा कुनै समस्या देखिए अस्पताल जान र आफूखुशी जथाभाबी औषधि नहाल्न सुझाव दिँदै आएका छन् ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया