कञ्चनपुरकाे स्याली नदीकाे बाढीमा फसेका दुई महिलाको सकुशल उद्धार

 साउन २३, २०८० मंगलबार ८:२८:२८ | रासस
unn.prixa.net

कञ्चनपुर - कञ्चनपुरकाे स्याली नदीको बाढीमा फसेका शुक्लाफाँटा नगरपालिका–७ कालापानीका दुई महिलाको गएराति सकुशल उद्धार गरिएको छ ।

भैँसी चराउन हिरापुरफाँटामा गएका गौमती साउद र निर्मला भण्डारीको सशस्त्र प्रहरी, नेपाल प्रहरी र जनप्रतिनिधिको टोलीले उद्धार गरेको हो । चुरे क्षेमा अत्यधिक वर्षा हुँदा स्याली नदीमा बाढी आएपछि भैँसी चराउन गएका दुवै  नदीपारि फसेका हुन् । 

नदीमा आएको बाढीका कारण तर्न नसकेर महिला थुनिएको खबर आएपछि सशस्त्र प्रहरीलगायतको सहयोगमा गएराति उद्धार गरिएको शुक्लाफाँटा नगरपालिका–७ का वडा सदस्य केशवसिंह ठगुन्नाले बताउनुभयो।

'भैँसी चराउन गएका महिला घर नफर्केको खबर प्राप्त भएपछि खोजी सुरु गर्यौँ', उहाँले भन्नुभयो, 'नदीपारि थुनिएको जानकारी प्राप्त भएपछि राति अबेर उद्धारको प्रयास गर्यौँ, नदीमा पानीको बहाव उच्च भए पनि सकुशल उद्धार गर्न सफल भयौँ ।'

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया