आगलागीमा परेर पाँचथरमा एक जनाकाे ज्यान गयाे

 साउन २४, २०८० बुधबार १५:५१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

पाँचथर – पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लेकगाउँमा आगलागीमा परेर एक जनाकाे ज्यान गएकाे छ ।

बुधवार बिहान घरसँगै रहेको भान्साघरमा आगो लागेको र छानो खसेर थिच्दा लेकगाउँकी ५५ वर्षीया सरिता राईकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आगलागीको कारण थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाले जानकारी दिनुभयो । स्थानीय र प्रहरीले दुई घण्टापछि आगाे निभाएका छन् ।

अन्तिम अपडेट: फागुन ४, २०८०

तपाईको प्रतिक्रिया