दाङमा विषालु च्याउ खाएर बिरामी परेकी महिलाकाे ज्यान गयाे

 भदौ १, २०८० शुक्रबार १५:१४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दाङ – दाङको बङ्गलाचुली गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेकी ईश्वरी सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज शुक्रवार ज्यान गएको छ ।

यसअघि उहाँकी छोरी अस्मिता सुनारको अस्ति बुधवार उपचारकै क्रममा ज्यान गएको थियो । जङ्गली च्याउ खाएर एकै घरका तीन जना बिरामी परेकामा दुई जना आमाछोरीको ज्यान गएको हो ।

गएको साउन २९ गते बेलुकी बङ्गलाचुली–४ भित्ताला जङ्गलबाट खोजेर ल्याएको जङ्गली च्याउ खाएर बिरामी परेका मृतक ईश्वरीका श्रीमान् अजय सुनारको पनि स्वास्थ्य अवस्था गम्भीर रहेको  छ । उहाँको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया