भत्काइएका संरचनाकाे व्यवस्थापन हुन नसक्दा काठमाण्डाै महानगर अस्तव्यस्त (फाेटाेफिचर)

 भदौ २, २०८० शनिबार १२:२२:५२ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

भद्रकुमारी घले आश्रम

काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाले सार्वजनिक जग्गा, खाेला तथा नदी मिचेर बनाइएका व्यक्तिगत संरचनाहरु भत्काइरहेकाे छ । 

हात्तीसारमा टुकुचा खोला मिचेर बनाइएका संरचना, सामाखुशीमा नदी उत्खनन,  कपनमा खोला उत्खनन, रत्नपार्कमा हडपेर राखिएका पसलहरु लगायत मिचेर बनाइएका संरचना महानगरपालिकाले भत्काउँदै आएको छ । तर, संरचना भत्काइसकेपछि व्यवस्थापनकाे काम नहुँदा महानगर अस्तव्यस्त देखिएकाे छ । 

भत्काइएका कतिपय संरचनामाथि झारपात उम्रिसकेका छन् । सामाखुशी नदी उत्खननपछि खोला किनारका पसल अव्यवस्थित देखिएका छन् । रत्नपार्कका पसलहरु हटाएर सार्वजनिक शौचालय निर्माणका लागि सम्याइएको जमिनको अवस्था पनि भद्रगाेल छ । कपनका खोला उत्खननपछि व्यवस्थापनकाे काम शुरु हुन सकेकाे छैन भने अनामनगरमा रहेकाे सार्वजनिक जग्गामा बनेको भद्रकुमारी घले आश्रमको घर भत्काइएपछिकाे अवस्था पनि  उस्तै छ ।

यसरी उत्खनन गरिएका र भत्काइएका संरचनाकाे व्यवस्थापन नगर्दा नागरिकलाई हिँड्न सास्ती भएकाे छ भने महानगरकाे सुन्दरतामै असर पुगेकाे छ । आजको फोटो फिचरमा काठमाण्डाै महानगरले भत्काएका, उत्खनन गरेका र हटाएका संरचनाकाे अवस्था :

भद्रकुमारी घले आश्रम

कपन

कपनकाे मिलनचाेक 

खुलामञ्च

रत्नपार्क

शामाखुसी

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया