४ वर्षपछि 'नाडा अटो शो' हुँदै, झन्डै २० अर्ब रुपैयाँको कारोबार हुने अनुमान

 भदौ ११, २०८० सोमबार २१:४२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले भदौ तेस्रो हप्ता २६ 'नाडा अटो शो २०२३' आयोजना गर्ने भएको छ । १५ औँ संस्करणको 'नाडा अटो शो २०२३' भदौ २६ देखि ३१ गतेसम्म काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको हो ।

गाडी, पार्टपुर्जा, वित्तीय सेवा एवम् अन्य सम्बन्धित सरोकारवाला सङ्घ संस्थाहरूको प्रदर्शनीमा ठूला तथा साना गरी १ सय २० वटा स्टल र ब्लक रहने नाडाले जनाएको छ । प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका गाडी, लुब्रिकेन्ट, टायर पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक एवम् वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता रहने छ । प्रदर्शनीमा १६ वटा ब्रान्डका चार पाङ्ग्रे, २२ वटा ब्रान्डका दुई पाङ्ग्रे, ७ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री पार्टपुर्जा एवम् ग्यारेज उपकरण कम्पनीहरूको सहभागिता रहने छ ।

कोभिड महामारीलगायत अन्य विभिन्न कारणले नाडा अटो एक्स्पो २०२०, २०२१ र २०२२ आयोजना हुन सकेको थिएन । चार वर्षपछि हुन लागेको प्रदर्शनीमा अवलोकनकर्ताहरूले बिजुलीका गाडी लगायत चार वर्षयताका अहिलेसम्मका नयाँ मोडलका गाडीहरू अवलोकन गर्न पाउनेछन् ।

यस्तै प्रदर्शनीलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्बन्धी सेवा सुविधा दिने वित्तीय सेवा, बिक्रीपछिका सेवा आदिका छुट्टाछुट्टै स्टलहरू रहने छन् । अटो सम्बन्धी जानकारी दिने म्यागेजिन तथा पत्रपत्रिकाहरूका लागि पनि छुट्टै साझा मिडिया स्टलको व्यवस्था गरिएको छ ।

आयोजकका अनुसार आर्थिक सुस्तताले अटोमोबाइल व्यवसायीमा नकारात्मक प्रभाव पार्नुका साथै गाडी खरिदकर्ताको वित्तीय योजनामा समेत असर गरेको छ । अहिले विद्यमान बजार सुस्तताका बाबजुद पनि प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीहरूको उत्साहजनक सहभागिताले केही हदसम्म अर्थतन्त्र चलायमान बनाउन सहयोग गर्ने बताइएको छ ।

६ दिनसम्म चल्ने प्रदर्शनीमा ७५ हजार आगन्तुकहरूले अवलोकन गर्ने विश्वास गरिएको छ । प्रदर्शनीमा विद्यार्थीका लागि १ सय ५० र अन्य व्यक्तिका लागि २ सय रुपैयाँको टिकट छुट्याएको छ । प्रदर्शनीमा झन्डै २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने नाडाको अनुमान छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Amir neupane

    Aug. 29, 2023, 6:11 a.m.

    Very good in this time visit more than more customer because after 3 years grand nada show in Kathmandu.best of luck all team

  •  0 Reply

तपाईको प्रतिक्रिया