एमसीसी कार्यान्वयन आजदेखि

 भदौ १३, २०८० बुधबार ७:१६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी अन्तर्गतका आयोजनाको कार्यान्वयन समय आजदेखि गणना हुँदैछ ।

आजको मितिदेखि पाँच वर्षभित्र आयोजना सम्पन्न हुनेगरी कार्यान्वयन शुरु हुन थालेको हो ।

पाँच वर्षभित्र आयोजना सम्पन्न नभएमा बाँकी लगानी नेपालले नै बेहोर्नुपर्नेछ ।

एमसीसीमार्फत अमेरिकाले नेपालमा ५० करोड अमेरिकी डलरको अनुदान सहयोग दिएको छ ।

यसमा नेपालले १३ करोड डलर थपेको छ । यो सहयोगले काठमाण्डौको लप्सीफेदीबाट नुवाकोटको रातमाटे, तनहुँको दमौली हुँदै बुटवलसम्म ४ सय केभी क्षमताको विद्युत् प्रसारणलाइन र सवस्टेशनहरुको निर्माण हुनेछ ।

यस्तै, कपिलवस्तुको धानखोलाबाट दाङ र बाँकेको शिवखोलासम्मको सडक स्तरोन्नती हुनेछ ।

एमसीसीबारे विवाद भएपछि प्रतिनिधिसभाले २०७८ सालको फागुन १५ गते १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसीलाई अनुमोदन गरेको थियो ।

यो टिप्पणीलाई अमेरिकाले स्वीकार गर्‍याे कि गरेन भन्ने बारेमा धेरै बहस भइरहेको छ ।

हिजो अमेरिकी दुतावासले एक विज्ञप्ति निकालेर व्याख्यात्मक घोषणासँग अमेरिका सहमत रहेको जनाएको छ ।

यसैबीच, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरुन एस एलफोर्ड नेपाल आइपुग्नुभएको छ ।

क्यामरुन आज अर्थ मन्त्रालयमा हुने एमसीसी कार्यान्वयनको औपचारिक कार्यक्रममा सहभागी हुनुहुनेछ । 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया