माछापुच्छ्रे बैंकको लाभांश घोषणा

 भदौ १३, २०८० बुधबार १२:४७:३० | रासस
unn.prixa.net

काठमाण्डौ –  माछापुच्छ्रे बैंकले लाभांश वितरण गर्ने भएको छ ।

आज बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट शेयरधनीलाई नगद र बोनस लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

सञ्चालक समितिले गएको आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १४ प्रतिशत (१३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत) बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

बैंकको प्रस्तावअनुसार नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

माछापुच्छ्रे बैक गएको आर्थिक वर्षको लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ ।

बैंकले प्राथमिक पूँजीकोष पुर्‍याउन नसक्दा आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट गत आर्थिक वर्षमा शेयरधनीलाई लाभांश वितरण गर्न पाएको थिएन ।

दुई आर्थिक वर्षको मुनाफाबाट बैंकले यसपटक १४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया