दक्षिण अफ्रिकाको जोहानेसबर्गमा एक भवनमा आगलागी, कम्तीमा ६३ जनाको ज्यान गयो

 भदौ १४, २०८० बिहिबार १४:२४:५१ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो सहर जोहानेसबर्गको एक भवनमा भएको आगलागीमा कम्तीमा ६३ जनाको ज्यान गएको छ ।

जोहानेसबर्गको एक पाँच तले भवनमा आगलागी हुँदा ६३ जनाको ज्यान गएको र ५० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएकाे छ । ज्यान गुमाउनेमा केही अग्नि नियन्त्रक पनि रहेका छन् । कैयौँ व्यक्ति अझै भवनभित्र फसेको आशङ्कामा खोजी भइरहेको छ ।

जोहानेसबर्ग आपत्कालीन व्यवस्थापन सेवाका प्रवक्ता रोबर्ट मुलाउजीले आफ्नो २२ वर्षे जागिरको सिलसिलामा यस्तो भयङ्कर आगलागी कहिल्यै नदेखेको बताएका छन् । 

केही समय अघिसम्म सहरको प्रमुख आर्थिक एवम् व्यापारिक केन्द्रमा रहेको भवनमा घरबारविहीन स्थानीय जबरजस्ती बसेका बताइएको छ । आफ्ना सरसामान जोगाउने प्रयासमा केहीले ज्यान नै गुमाएका जनाइएको छ । आगलागीको कारण भने खुलेको छैन । 

घरबारविहीन व्यक्तिहरू कुनै औपचारिक भाडा सम्झौताविना नै भवनमा सरेका जनाउँदै प्रवक्ता मुलाउजीले भवनमा कति मानिस थिए भन्ने यकिन नहुँदा खोजीमा कठिनाइ भएको बताएका छन् ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया