दाङकाे गणपति तेल मिलमा आगलागी, दुई करोड रुपैयाँभन्दा बढीकाे क्षति

 भदौ १६, २०८० शनिबार ८:४३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

दाङ - तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको गणपति तेल मिलमा आगलागी भएको छ ।

हिमाल बस्नेतले सञ्चालन गरेकाे तेल मिलमा भएकाे आगलागीबाट झन्डै दुई कराेड रुपैयाँ बराबरकाे क्षति भएकाे अनुमान गरिएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

आज बिहान लागेकाे आगाे स्थानीय,  नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा निभाइएकाे छ । 

क्षतिको यकिन विवरण भने आउन बाँकी  रहेको प्रहरीको भनाइ छ । आगलागीको कारण अझै खुलेको छैन ।  तेल मिल तुलसीपुर क्षेत्रमा सबैभन्दा पहिले स्थापना भएको मिल हो । बस्नेत तुलसीपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष हुनुहुन्छ ।
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया