दृष्टिविहीन बालिकालाई बलात्कार गरेकाे आराेपमा विद्यालयका कार्यालय सहयाेगी पक्राउ

 भदौ १७, २०८० आइतबार १८:४४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दाङ – दाङको देउखुरीमा दृष्टिविहीन बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । राप्ती गाउँपालिका–२ मा रहेको आदर्श नमुना माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका हुन ।

दृष्टिविहीन १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विद्यालयका कार्यालय सहयोगी तथा बसका सहचालक रामबहादुर खनाललाई पक्राउ गरेको हो । उनलाई आज आइतवार विद्यालयबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख एवम् प्रहरी निरीक्षक उज्ज्वलबहादुर सिंहले जानकारी दिनुभयाे ।

प्रहरी निरीक्षक सिंहका अनुसार खनालले गएकाे भदौ ४ गते बालिकालाई बलात्कार गरेको प्रहरीमा जाहेरी परेको छ । विगत पाँच वर्षदेखि त्यही विद्यालयको होस्टेलमा बस्दै आएकी बालिकालाई भान्साकोठामा लगेर खनालले बलात्कार गरेको प्रहरी स्रोतले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया