शेयर बजार साढे ६ अङ्कले घट्यो, ७९ करोड ६८ लाख रुपैयाँको कारोबार

 भदौ १९, २०८० मंगलबार १५:१४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज मङ्गलवार साढे छ अङ्कले घटेको छ । हिजो साेमवार सात अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज छ दशमलव ४५ अङ्कले घटेर एक हजार नौ सय ६१ दशमलव ३७ विन्दुमा झरेको छ ।

आज उत्पादन र व्यापारबाहेक अरू सबै समूहको शेयर सामान्य घटेको छ । सबैभन्दा धेरै आरबीबी म्यचुअल फन्ड–२ र लिबर्टी इनर्जी कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज एनएमबी माइक्रोफाइनान्स र नेरुडे लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

आज २४ लाख ८० हजार कित्ता शेयर ७९ करोड ६८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्स कम्पनीको सात करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया