देशको अर्थतन्त्र उजिल्याउन प्रधानमन्त्रीको गम्भीर चासो
मंसिर २२, २०८० शुक्रबार
काठमाण्डाै – इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्नो भरपर्दो र उच्च गुणस्तरीय नेटवर्किङ कम्पोनेन्टहरूका लागि अन्तर्राष्ट्रिय बहुराष्ट्रिय कम्पनी जेडटीई कर्पोरेशनसँग साझेदारी घोषणा गरेको छ ।
यो साझेदारी इन्टरनेट सेवाको क्षेत्रमा महत्त्वपूर्ण कोशेढुङ्गा भएकाे क्लासिक टेकले जनाएकाे छ । ग्राहकलाई अतुलनीय इन्टरनेट सर्फिङ अनुभव प्रदान गर्न जेडटीईका अत्याधुनिक ड्युअल ब्यान्ड ५जीएचजेड ओएनयू ल्याउने विज्ञप्तिमा उल्लेख छ । याे साझेदारीबाट ग्राहकले छिटो गतिकाे इन्टरनेट, विश्वसनीयता र उच्च गुणस्तरका उपकरणहरूमा पहुँचको अपेक्षा गर्न सक्ने क्लासिक टेकले जनाएकाे छ । ‘यस सहकार्यले उत्कृष्ट इन्टरनेट सेवा प्रदान गर्न र यसको प्रयोगकर्ता आधारको बढ्दो मागहरू पूरा गर्न क्लासिक टेकको प्रतिबद्धतालाई जोड दिनेछ’, विज्ञप्तिमा भनिएकाे छ ।
क्लासिक टेकले साना घरपरिवारदेखि ठूला निगमहरूसम्मका ग्राहकको मागअनुसार सेवा दिँदै आइरहेको छ ।
जेडटीई कर्पोरेशन दूरसञ्चार र सूचना प्रविधिमा एक विश्वव्यापी कम्पनी हो जसले डिजाइन, विकास र अत्याधुनिक नेटवर्किङ समाधानहरूको उत्पादनमा विशेषज्ञका रूपमा ख्याति प्राप्त गरेको छ ।
भएको छ।
क्लासिक टेक र यसको इन्टरनेट प्याकेजबारे थप जानकारीका classic.com.np वा ९८०१००४४७७ मा सम्पर्क गर्न सकिनेछ ।