एनसेलबाट आत्महत्या रोकथाम हटलाइन ११६६ मा निःशुल्क फोन गर्न सकिने

 भदौ २२, २०८० शुक्रबार २०:२४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आत्महत्या रोकथामका लागि सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय हेल्पलाइन ११६६ मा अब एनसेलका ग्राहकले निःशुल्क फोन गरी मनोचिकित्सक तथा मनोपरामर्शदातासँग आवश्यक परामर्श लिन पाउने भएका छन् । यसका लागि एनसेल आजियाटा लिमिटेड र मानसिक अस्पतालले सहकार्य शुरु गरेको छ ।

भर्खरै मात्र विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा मानसिक अस्पताल लगनखेलमा आयोजित एक कार्यक्रममा एनसेलले यस हेल्पलाइनका लागि सिमसहितको ह्यान्डसेट सोलुसन्स हस्तान्तरण गरेको छ । यससँगै अब यो हटलाइनमा एनसेल नेटवर्कबाट पनि फोन लाग्ने भएको हो ।

आत्महत्या रोकथामका लागि राष्ट्रिय हेल्पलाइन ११६६ मा एनसेलबाट पनि सेवाको पहुँच सुनिश्चित भएको अवसरमा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भन्नुभयाे, ‘हामी सबैको जीवनमा स्वस्थ मानसिक स्वास्थ्यले ठूलो भूमिका राख्दछ । राष्ट्रिय हेल्पलाइनमा आबद्ध भई यो सेवालाई अझ प्रभावकारी बनाउनका लागि योगदान पुर्‍याउन सहकार्य गर्न पाएकोमा हामी हर्षित छौँ ।’

कुनै पनि व्यक्तिमा आत्महत्याको सोच आए, कोही व्यक्तिले त्यस्तो व्यवहार देखाए, आत्महत्याको अवस्थाबाट उनीहरूलाई बचाउने उद्देश्यले सरकारले यो हेल्पलाइन शुरु गरेको हो । ‘आत्महत्याको सोच र अन्य मानसिक स्वास्थ्य समस्याहरूका बारेमा फोन आउने क्रम बढिरहेको हाम्रो तथ्याङ्कले  देखाउँछ । यस्तो अवस्थामा एनसेलको यो सहकार्यले ठूलो महत्त्व राख्छ र अमूल्य जीवनहरू बचाउन योगदान पुर्‍याउने छ’, मानसिक अस्पतालका निर्देशक डा. अनन्तप्रसाद अधिकारीले भने ।

जहिले मनमा गाह्रो महसुस हुने, तनाव हुने, आफैँलाई हानी पुर्‍याउन वा दुःख दिन मन लाग्ने जस्ता लक्षणहरू देखिएमा तत्काल यस हटलाइनमा फोन गरी तालिम प्राप्त मनोपरामर्शदातासँग परामर्श गरी त्यस्ता सोचहरूबाट बाहिर आउन मद्दत लिन सकिने मानसिक अस्तपालले जनाएको छ । सरकारले विश्व स्वास्थ्य सङ्गठन र टिपिओ नेपालको सहयोगमा मानसिक अस्पताल लगनखेल पाटनबाट यो सेवा सञ्चालन गर्दै आएको छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया