शेयर बजार दोहोरो अङ्कले बढ्यो, १ अर्ब ७ करोड रुपैयाँको कारोबार

 भदौ २४, २०८० आइतबार १५:४३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १० दशमलव २३ अङ्कले बढेर एक हजार नौ सय ४२ दशमलव ६८ विन्दुमा पुगेको छ ।

आज जलविद्युत् बाहेक अरू सबै समूहको शेयर बढेको छ । सबैभन्दा धेरै सूर्योदय वमी लघुवित्त, शुभम् पावर, न्यादी हाइड्रो र मेन्छियाम हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सबैभन्दा धेरै हिमाल दोलखा हाइड्र्रोपावर कम्पनीको शेयर झन्डै आठ प्रतिशतले ओरालो लागेको छ ।

आज ४३ लाख १४ हजार कित्ता शेयर एक अर्ब सात करोड २२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आठ करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया