जडीबुटीमा अरनिको यातायातले बनाएको बसपार्क नभत्काउन उच्च अदाल...
असोज १२, २०८० शुक्रबार
काठमाण्डाै - नाडा अटो शो आजदेखि काठमाण्डौमा शुरु भएकाे छ ।
आउँदो ३१ गतेसम्म काठमाण्डाैको भृकुटीमण्डपमा हुने नाडा अटो शोमा विद्युतीय गाडीसहित अन्य नयाँ मोडलका गाडीहरू प्रदर्शनमा राखिएकाे आयोजक नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले जानकारी दिएको छ ।
चार पाङ्ग्रे, तीन पाङ्ग्रे तथा दुई पाङ्ग्रे गाडी तथा ढुवानीका गाडीहरु, स्पेयर पार्ट्स, टायर टयुब, ब्याट्री, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुसमेत प्रदर्शनीमा राखिएकाे नाडाले जनाएको छ । प्रदर्शनीको एक लाखभन्दा धेरै दर्शकले अवलोकन गर्ने र झण्डै २० अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा नाडाले राखेको छ ।
नाडाको आयोजनामा हरेक वर्षको दशैँ अगाडि आयोजना हुँदै आएको अटो शो कोभिड महामारी र गाडीको आयातमाथि लागेको प्रतिबन्धका कारण तीन वर्षदेखि हुन सकेको थिएन । गएको वर्ष नाडाले पहिलो पटक ईभी अर्थात् विद्युतीय गाडीको प्रदर्शन गरेको थियो ।