नाडा अटाे शाे : विद्युतीय गाडी, माेटरसाइकल र साइकलमा आकर्षण (फाेटाे फिचर)

 भदौ २८, २०८० बिहिबार २०:३२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको भृकुटीमण्डपमा चलिरहेको 'नाडा अटो शो' मा विद्युतीय गाडी, माेटरसाइकल र साइकलमा आकर्षण बढेको छ । आउँदो ३१ गतेसम्म चल्ने प्रदर्शनीमा १८ लाखदेखि एक करोड नाै लाख रुपैयाँसम्म पर्ने विद्युतीय गाडी छन् । 

'नाडा अटो शो' मा एक लाख ७५ हजारदेखि चार लाख रुपैयाँसम्म पर्ने विद्युतीय मोटरसाइकल र स्कुटर पनि प्रदर्शनीमा राखिएको छ । यस्तै ५५ हजार रुपैयाँदेखि १ लाख ४० हजार रुपैयाँसम्मका साइकल पनि राखिएको छ । 

अटो शोमा पेट्रोल, डिजल र विद्युतीय गाडीको प्रदर्शनी छ । तर विद्युतीय गाडीमा धेरैले चासो दिएका नाडाले जनाएको छ । 'अटो शो' मा विभिन्न ४५ वटा ब्रान्डले आफ्ना उत्पादन प्रदर्शनीमा राखेका छन् । जसमध्ये १६ वटा ब्रान्ड चार पाङ्ग्रेका, २२ वटा दुई पाङ्ग्रेका र सात वटा लाइट कमर्सियल भेहिकलका छन् ।

यस्तै 'अटो शो' मा कम्पोनेन्ट, ल्युब, टायर, हेलमेटको स्टल पनि राखिएका छन् । प्रदर्शनीमा ठूला तथा साना गरी एक सय २० वटा स्टल छन् ।

अस्ति मङ्गलवारदेखि शुरु भएकाे 'अटो शो' मा झन्डै ७५ हजार अवलोकनकर्ताले सहभागिता जनाउने र २० अर्ब रुपैयाँको कारोबार हुने आयोजकले अनुमान गरेको छ ।

तस्बिरहरू : महेश ज्ञवाली

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया