काठमाण्डाै र ललितपुरका विभिन्न ठाउँमा तीन दिन विद्युत् आपूर्ति प्रभावित हुने

 भदौ २९, २०८० शुक्रबार ६:३०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - काठमाण्डाै र ललितपुरका विभिन्न क्षेत्रमा आजदेखि तीन दिन बिजुलीको आपूर्ति ठप्प हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले स्युचाटार–टेकु लाइन  तीन दिन सट डाउन गर्न  लागेकाले बिजुलीको आपूर्ति ठप्प हुने भएको हो ।

टेकु सबस्टेशन स्तरोन्नति गरी टेकु स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्ने गरी काम भइरहेको र त्यसका लागि ६६ केभी स्युचाटार–टेकु लाइन आज बिहान ८ बजेदेखि सोमवार बिहान ८ बजेसम्म  सटडाउन गर्नुपर्ने प्राधिकरणले जनाएको छ।

त्यस्तै, ६६ केभी स्युचाटार–पाटन प्रसारण लाइन भोलि बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म र ६६ केभी स्युचाटार–के ३ लाइन भोलि दिउँसो ३ बजेदेखि बेलुका ५ बजेसम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ ।

यसले गर्दा कुलेश्वर वितरण केन्द्र अन्तर्गत रिङ मेन, ताहाचल, चमती फिडर र पुल्चोक वितरण केन्द्र अन्तर्गत पुल्चोक, रिङ रोड, भैँसेपाटी फिडरका साथै टेकु सबस्टेसन तथा थापाथली, सुन्धाराबाट आपूर्ति भइरहेको रत्नपार्क वितरण केन्द्रअन्तर्गत पर्ने फिडरहरू प्रभावित हुने तथा पिक लोडको बेला केही समय विद्युत् कटौती हुन सक्ने प्राधिकरणले जनाएको छ ।

त्यस्तै, ६६ केभी स्युचाटार पाटन प्रसारण लाइन अन्तर्गत पाटन सबस्टेसनबाट आपूर्ति भइरहेको पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरू प्रभावित हुने तथा पिक लोडको बेला केही समय विद्युत् कटौती हुन सक्ने प्राधिकरणले जानकारी दिएको छ । 

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया