अर्थतन्त्र योभन्दा कमजोर बन्ने ठाउँ छैन, अब चलायमान हुन्छ : अध्यक्ष ढकाल

 भदौ २९, २०८० शुक्रबार १४:३६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आउँदा दिनमा अर्थतन्त्र थप चलायमान बन्ने बताउनुभएको छ ।

आज शुक्रवार काठमाण्डाैकाे नयाँ बानेश्वरमा अभिनेता दीपकराज गिरी र अभिनेत्री दीपाश्री निरौलाको आईएनआई सिनेमा हलको उद्घाटन गर्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले अर्थतन्त्र योभन्दा पनि तल खस्किने ठाउँ नरहेको भन्दै अबका दिनमा अर्थतन्त्रले लय समात्ने उल्लेख गर्नुभयाे ।

अध्यक्ष ढकालले व्यावसायिक गतिविधि बढेमात्रै अर्थतन्त्र चलायमान बन्ने बताउनुभयो । उहाँले कोरोना भाइरसकाे सङ्क्रमणपछि अर्थतन्त्र कमजोर बन्दै गएको र व्यावसायिक माहोल बिग्रँदै गएको अवस्थामा सिनेमा हल खुल्नुले आममानिसमा सकारात्मक ऊर्जा थपिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कोभिडपछि आर्थिक गतिविधि कम भइरहेको अवस्थामा सिनेमा हल सञ्चालन गरेर जुन म्यासेज दिनुभएको छ, त्यसका लागि पनि धन्यवाद छ । व्यावसायिक गतिविध जति बढ्छन्, त्यति नै अर्थतन्त्र चलायमान हुँदै जान्छ । अब आउने दिन राम्रो हुनेछ । योभन्दा तल झर्ने अवस्था छैन ।’

अध्यक्ष ढकालले एउटा कलाकारले मेहनत गर्‍याे भने सिनेमा हलको मालिक पनि हुनसक्ने रहेछ भन्ने स्पष्ट सन्देश गएको बताउनुभयो ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया