दैलेखमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गयो

 भदौ २९, २०८० शुक्रबार १९:३८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

दैलेख – दैलेखको दुल्लुमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

भित्रि सडकमा लु ३ त ९६९४ नम्बरको ट्र्याक्टर पल्टिँदा चालक दुल्लु नगरपालिका–२ का २५ वर्षीय धर्म महतको ज्यान गएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा ट्र्याक्टरमा रहेका दुल्लु–३ सियालाका भूपेन्द्र सावद र रमित सावद घाइते भएका छन् । उनीहरूको दुल्लु अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्ण डाँगीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: भदौ ३१, २०८०

तपाईको प्रतिक्रिया