'आईएमई पे' बाट सजिलै धरान खानेपानी बोर्डको बिल भुक्तानी गर्न सकिने

 भदौ २९, २०८० शुक्रबार २०:१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालको पहिलो डिजिटल वालेट 'आईएमई पे' बाट सजिलै धरान खानेपानी बोर्डको बिल भुक्तानी गर्न सकिने भएको छ ।

धरानवासीले खानेपानीको बिल डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने सुविधा 'आईएमई पे' ले यही भदाैदेखि सञ्चालनमा ल्याएको हो । 'आईएमई पे' को किन लाइन बस्ने, मोबाइल बाटै तिर्ने अफरमार्फत 'आईएमई पे' का सेवाग्राहीले खानेपानीको बिल भुक्तानी गर्ने क्रममा प्रोमो कोड 'WATER' प्रयोग गरी एक सय रुपैयाँसम्म छुट पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

याे सुविधाले धरानवासीलाई लामो लाम बस्न पर्ने झन्झटबाट मुक्त गराई उपमहानगरलाई 'डिजिटलाइजेशन' मा जान सहायता पुर्‍याउने 'आईएमई पे' का प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले बताउनुभएकाे छ । 

‘आईएमई पे' ले ग्राहकको सुविधाका लागि सुरक्षित तथा नवप्रवर्धित सेवाहरूको माध्यमबाट 'क्यास-लेस सोसाइटी' निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया