नाडा अटो शोमा बैंक र कम्पनीहरुका थरीथरीका अफर

 भदौ ३०, २०८० शनिबार ७:५२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ - काठमाण्डौको भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शोमा विभिन्न बैंक र गाडी बिक्रेता कम्पनीहरूले आकर्षक अफर ल्याएका छन् । भोलिसम्म चल्ने अटो शोमा बिजुलीका गाडीमा आकर्षण बढेको छ ।

बैंक र बिक्रेताहरुले पनि बिजुलीको गाडीमै अफर केन्द्रित गरेका छन् । बैंकहरुले इन्धनबाट चल्ने र बिजुलीबाट चल्ने गाडीलाई दिने कर्जाको ब्याजदरसमेत फरक बनाएका छन् ।

सानिमा बैंकले सीमित अवधिका लागि भन्दै ७ वर्षसम्मका लागि १० दशमलव ९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा दिएको जनाएको छ । 

नबिल बैंकले विद्युतीय गाडी खरिद गर्दा ५ देखि १० वर्षको कर्जामा १० दशमलव ४९ प्रतिशत र ७ देखि १० वर्षको कर्जामा १० दशमलव ९९ प्रतिशत ब्याज लाग्ने जनाएको छ ।

ग्लोबल आईएमई बैंकले व्यक्तिगत रुपमा विद्युतीय गाडी किन्दा १० दशमलव ४९ प्रतिशत र इन्धनबाट चल्ने गाडी किन्दा १० दशमलव ९९ प्रतिशत ब्याज लाग्ने जनाएको छ । यस्तै, व्यावसायिक प्रयोजनका लागि कर्जा लिँदा विद्युतीय गाडीमा ११ दशमलव ४९ प्रतिशत र इन्धनबाट चल्ने गाडीका लागि १२ दशमलव ४९ प्रतिशत ब्याज लाग्ने बैंकले जनाएको छ । 

हिमालयन बैंकले ८ वर्ष अवधिका लागि मासिक किस्ताको आधारमा भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । 

कामना सेवा विकास बैंकले वार्षिक ११ दशमलव ९५ प्रतिशत ब्याजदरमा कर्जा दिने जनाएको छ । बैंकले विद्युतीय गाडीमा ८० प्रतिशतसम्म फाइनान्सको सुविधा दिने पनि जनाएको छ ।

महालक्ष्मी विकास बैंकले विद्युतीय गाडीमा ३ देखि ५ वर्षका लागि अधिकतम ३ करोडसम्म कर्जा दिने जनाएको छ । यसमा सेवा शुल्क १ प्रतिशत लिने र शून्य दशमलव २५ प्रतिशतसम्म छुट हुन सक्ने बैंकले जनाएको छ ।

बैंकसँगै गाडी कम्पनीहरुले पनि अफर ल्याएका छन् । सीजी मोटोकर्पले पर्वोत्सव अफर भन्दै सुजुकीका गाडीको खरिदमा १ लाख रुपैयाँसम्म छुट दिने जनाएको छ । पुरानासँग सुजुकीको नयाँ गाडी खरिद गर्दा १ लाख बोनस र १ वर्षको निःशुल्क इन्स्योरेन्स हुने कम्पनीले जनाएको छ । नाडा अटो शो मा सुजुकीका नयाँ मोडलका रुपमा जिम्नी, फ्रोनेक्स ग्रान्ड भिटारा मोडल राखिएको छ । 

हुन्डाइले बम्पर प्राइजको रुपमा नयाँ एक्सटर गाडी राखेको छ । गाडी खरिद गर्दा ६ लाख रुपैयाँसम्म नगद छुट हुने कम्पनीले जनाएको छ । 

निशानले म्याग्नाइटको अटोमेटिक भेरियन्ट सार्वजनिक गर्दै नाडामा बुकिङ गर्नेलाई विशेष छुट दिएको छ । चार्डपर्वबीचमा निशानका गाडी खरिद गरे १३ लाख ७५ हजार रुपैयाँसम्म फाइदा लिनसक्ने कम्पनीले जनाएको छ । कम्पनीले नगद छुट ८ लाखसम्म, १ वर्षको निशुल्क इन्स्योरेन्स, १ वर्षको सडक दस्तुर निःशुल्क गरेको छ। 

ग्रेटवाल मोटर्सले विद्युतीय गाडी ओरा ३ किन्दा ७ किलोवाटको चार्जर निःशुल्क दिने जनाएको छ । गाडी खरिदमा आकर्षक नगद छुट, एक्स्चेञ्ज बोनस र १ वर्षको इन्स्योरेन्स रहने कम्पनीले जनाएको छ । 

यस्तै, साङ्ग्रिला मोटर्स आधिकारिक बिक्रेता रहेको सिट्रोनले नाडामा २० हजार नगद छुट दिएको छ । 

यस्तै, मोटरसाइकल र स्कुटरमा पनि विभिन्न कम्पनीहरुले छुट र अफर योजना ल्याएका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया