सल्यानमा आमा छोरी मृत अवस्थामा फेला

 भदौ ३०, २०८० शनिबार १६:१९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सल्यानमा आफ्नै घरमा आमाछोरी मृत भेटिएका छन् । त्रिवेणी गाउँपालिका वडा नम्बर २ धामी ढुङ्गाको घरको कोठामा सुकबहादुरकी श्रीमती ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतुको शव जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घरमा आगलागी भएको जस्तो देखिएकाले उनीहरुको जलेर मृत्यु भएको अनुमान छ । तर स्थानीयले घरमा आगलागी भएको नदेखेको बताएकाले हत्या भएको आशङ्कामा प्रहरीले अनुसन्धान थालेको छ ।

बिहान आमछोरी नै मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । रेवतीका श्रीमान भारतमा रहेकाले घरमा भने आमाछोरी मात्रै थिए । 

अन्तिम अपडेट: असोज ५, २०८०

तपाईको प्रतिक्रिया